काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सभामुख पदको गरिमालाई कायम राख्न विगतमा भएका असल अभ्यास अनुसरण गर्दै अगाडी बढ्ने बताएका छन् ।
निर्वाचित भएपछिको प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख सापकोटाल विगतका असल अभ्यासको अनुसरण गरी प्रतिनिधिसभालाई सफलता सम्म पुर्याउने अभ्यास गर्ने बताए । जनताको शान्ति, समृद्धि र सुशासनको चाहानालाई सम्बोधन गर्न प्रतिनिधिसभाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुहुँदै उनले देश र जनताका सरोकारका विषयमा माथि सदैव छलफल गर्न प्रयाप्त र समुचित वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाए- ‘सभालाई जीवन्त बनाइराख्नका लागि मेरो ध्यान केन्द्रित हुने छ । जननिर्वाचित यस घडीमा म यस संस्थाको ओज र प्रतिष्ठालाई अझ उचो बनाउनका लागि म भगिरथ प्रयत्न गर्ने छु ।
सभामुख सापकोटाले आफ्नो प्रतिवद्धतालाई व्यवहारमा रुपान्तरण गर्न सबै दलका सांसदहरूबाट पूर्ण सहयोगको अपेक्षा समेत गरे । सापकोटाले आफुलाई सभामुखमा निर्वाचित गर्ने र सफल कार्यकालको शुभकामना दिने सबैलाई आभार व्यक्त गरे ।





























प्रतिक्रिया