नेपालमा पहिलो पटक दुई वटा टाउको भएको सर्प फेला

नेपालमा पहिलो पटक दुई वटा टाउको भएको सर्प फेला

केन्द्रबिन्दु
0
Shares

नवलपरासी ।

रूपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले नवलपरासीमा दुईवटा टाउको भएको सर्प फेला पारेका छन् । करेत प्रजातीको दुई टाउको भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र नेपालमा पहिलोपटक भेटिएको अनुसन्धानकर्ता देवकोटाको दाबी छ।

दुई टाउके करे‌त भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाको समूह र नेपालमा सन् १९८३ मा दुई टाउको भएको जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्प विज्ञ करनबहादुर शाहको समूहले फेला पारेको अनुसन्धानकर्ता देवकोटाले बताए। त्यसको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्राहलयमा अहिलेपनि सुरक्षित राखिएको छ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo