काठमाडौं– नेपाल विद्युत प्राधिकरणको काठमाडौंको कुलेश्वरस्थित वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत दुई जना कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग लिएको २५ हजार घुससहित ज्यालादारीमा कार्यरत कर्मचारी कृष्ण मुरारी चौधरी र बिजुलीको पोल गाड्ने काम गर्ने पुरुषोत्तम दाहालाई अख्तियारकाे टोलीले नियन्त्रण गरेकाे प्रक्ता प्रदिपकुमार काेइरालाले जनाएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो ।





























प्रतिक्रिया