पोखरा ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न अनुमति पाएपछि प्रहरीले आज पक्राउ गरेको हो ।
मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेपछि विवादमा आएका थिए ।
मनाङेले दुर्व्यवहार गरेको पीडितद्वारा प्रहरीमा उजुरी परेपछि सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई मनाङेलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।































प्रतिक्रिया