काठमाडौं । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध महानगरीय प्रहरी परिसर भक्तपुरले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रसाईंविरुद्ध अभद्र व्यवहारको निवेदन पेश गरेपछि अनुसन्धान थालिएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले बताए- ‘प्रसाईंविरुद्ध हाम्रोमा एउटा उजुरी दर्ता भएको छ । सोही उजुरीको आधारमा अनुसन्धान जारी छ ।’
प्रसाईंले पत्रकार सम्मेलन नै आयोजना गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले आफूसँग २० लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । अनुसन्धानकाे क्रममा धेरै काम भइरहे पनि कुनै आदेश र अनुमतिकाे कुरा भने नभएकाे उनले स्पष्ट पारे ।





























प्रतिक्रिया