काठमाडौं ।
आज साँझ राजधानीको स्वयम्भूमा बम विष्फोट भएको छ । बालुवाटारस्थित ललिता निवास जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको हो । साँझ स्वयम्भू नजिकै ढुंगेधारामा रहेको ढकालको घरमा बम विस्फोट भएको थियो ।
विस्फोटले घरको सिसा फुटको छ भने गेटमासमेत क्षति पुगेको छ। विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन । विस्फोटस्थलमा विप्लव समूहको पर्चा भेटिएको छ। उता नार्गाजुनमा पनि बम विष्फोट भएको समाचार प्राप्त भएको छ ।





























प्रतिक्रिया