कालीमाटीमा तरुलको चाङ (फोटोफिचर)

कालीमाटीमा तरुलको चाङ (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।

आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिको सन्दर्भ पारेर आज कालीमाटीको तरकारी बजारमा तरुल किन्ने र बेच्नेको भीड लागेको छ । हेरौं फोटोफिचर :

 

तस्वीरहरु : राजेश खाती / केन्द्रबिन्दु

Logo