प्रधानसेनापति बङ्गलादेश प्रस्थान

प्रधानसेनापति बङ्गलादेश प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानसेनापति पूर्णचन्द्र थापा बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदको निमन्त्रणामा चारदिने बङ्गलादेश भ्रमणमा आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी शरदकुमार गिरीले बिदाइ गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बङ्गलादेशमा रहँदा प्रधानसेनापति थापाले त्यहाँका विभिन्न सैनिक एकाइको निरीक्षण भ्रमण गर्नाका साथै उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।

उनी आगामी माघ १ गते स्वदेश फिर्ता हुनेछन् । सैनिक नेतृत्वबाट हुने यस खाले भ्रमणबाट दुवै देशका सेनाबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । महारथी थापा भ्रमणमा रहुञ्जेल बलाधिकृतरथी गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo