बौद्धमा प्रहरीद्वारा गोली हानी फरार अभियुक्तलाई पक्राउ

बौद्धमा प्रहरीद्वारा गोली हानी फरार अभियुक्तलाई पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रहरीले गोली हानेर फरार अभियुक्त विष्णु लामालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नियन्त्रणमा लिन गएको प्रहरीलाई आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर लामालाई पक्राउ गरिएको जानकारी दिए ।

उनी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ । उनका अनुसार लामाको घुँडामुनि गोली लागेको छ । विशेष सुराकीका आधारमा उनी बौद्धको जम्बुडाँडामा आएको थाहा पाएपछि खोजीका लागि खटिएको महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको हो । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

लामा गत वर्ष माघमा काठमाडौँको जोरपाटीमा १७ महिनाको बच्चाको हत्या गरेको र गत भदौमा काठमाडौँ मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरी भागेको मुद्दाका आरोपी हुन् ।
रासस

महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार एकजना ‘गुण्डा नाइके’लाई गोली हानेको छ। ‘गुण्डागर्दी गर्दै हिँड्ने विष्णु लामालाई नियन्त्रणमा लिन हामीले गोली चलाएका हौं’, बौद्ध प्रहरीका डीएसपी रमेशबहादुर सिंहले डिसी नेपाललाई जानकारी दिए।

प्रहरीकाअनुसार २८ वर्षीया लामामाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा प्रहरीमा मुद्दा चलिरहेको छ। डीएसपी सिंहले भने, ‘कर्तव्य ज्यानको फररा अभियुक्त हो, हामीले नियन्त्रणमा लिन खोज्दै हामीमाथि नै आक्रमण गरेपछि बल प्रयोग गरेर नियन्त्रणमा लिएका हौं।’ उनले सिन्धुपाल्चोक र काठमाडौंमा लामामाथि मुद्दा चलिरहेको बताए।

Logo