सुदूरपश्चिमका जिल्लाहरुमा भूकम्पको धक्का

सुदूरपश्चिमका जिल्लाहरुमा भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

बैतडी।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए ।

उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो । भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

 

Logo