काठमाडौं ।
भूकम्पपीडितका लागि सरकारले दिने अनुदान प्राप्त गर्न तोकिएको पहिलो किस्ता लिने अवधि सकिन लागेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्राहीमा समावेश भएका भूकम्पपीडितलाई पहिलो किस्ता लिने अवधि यसै पुस मसान्तसम्म तोकेको छ ।
प्राधिकरणका अनुसार लाभग्राहीमा कायम भई हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो किस्ता नलिएका निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीले आ–आफ्नो स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट निर्णय गराई पुस मसान्तभित्र पहिलो किस्ता लिई सक्नु पर्नेछ ।
२०७६ कात्तिक मसान्तभित्र दोस्रो किस्ता नलिएकाले आफ्नो स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिको निर्णय अनुसार माघ मसान्तसम्म दोस्रो किस्ता लिइ सक्नु पर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको छ । एकीकृत बस्ती, जोखिम क्षेत्र, भूमिहीन, जोखिमवर्ग, काठमाडौं उपत्यकाका लाभग्राही, छुट तथा पुनः जाँच सर्वेक्षण २०७५/७६ बाट कायम भएका लाभग्राही र प्रबलीकरण लाभग्राहीलाई भने माघ मसान्तसम्म पहिलो किस्ता लिने अवधि तोकिएको छ । उनीहरूका लागि दोस्रो किस्ता वैशाखसम्म र तेस्रो किस्ता २०७७ असार मसान्तसम्मको अवधि तोकिएको छ ।
प्राधिकरणका अनुसार १० लाख ३६ हजार ५ सय ६८ घरधुरीको सर्वेक्षण भएकोे छ । त्यसमा लाभग्राही सूचीमा परेका भूकम्पपीडितको संख्या ८ लाख २५ हजार ५ सय ६४ रहेको छ ।
प्राधिकरणका अनुसार ६९ हजार ९ सय ७३ प्रबलीकरण अन्तर्गत लाभग्राहीको सूचीमा छन् । कुल भूकम्पपीडितमध्ये ७ लाख ७८ हजार १ सय १ जनाले अनुदान सम्झौता गरेका छन् । जसमध्ये ७ लाख ७० हजार २ सय ७९ ले पहिलो किस्ता लिएका छन् । ६ लाख २५ हजार ५ सय ८६ ले दोस्रो किस्ता समेत लिएर निजी आवास निर्माण गरिरहेका छन् । तेस्रो किस्ता लिनेको संख्या ५ लाख ३० हजाार ४ सय ९६ छ । प्राधिकरणले ४ लख ८१ हजार १ सय ६ वटा घरको पुनर्निर्माण सम्पन्न भएको छ भने ६ लाख ७३ हजार ९ सय १३ घर बन्ने क्रममा छन् ।
राजधानीबाट





























प्रतिक्रिया