सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले  प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ  । "/>

नेकपा संसदीय दलको निर्णय: प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौंडा

नेकपा संसदीय दलको निर्णय: प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौंडा

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले  प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ  । शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

पुस १३ मा बसेको नेकपा सचिवालयले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न सम्बन्धित पार्टी कमिटी र प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको थियो।

संविधानको धारा २८८ (२) मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुने व्यवस्था छ। यो निर्णय लिन प्रदेश ३ मा ७४ मत भए पुग्छ। नेकपा एक्लैको त्यहाँ दुई तिहाइ मत (८० सिट) छ ।

Logo