केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आज हामीले भक्तपुरको राधेराधे चोकमा ११ वर्षदेखि अलपत्र १७ तल्ले भवनको वास्तविकता प्रस्तुत गरेका छौं । त्यस्तै गरी संघीय संसदको माथिल्लो सदनमा दर्ता भएको रेल सम्बन्धी विधेयकमा भएका विभिन्न व्यवस्थाहरुका बारेमा चर्चा गरेका छौं । जसमा रेल्वे सेवा अवरुद्ध गरी आवागमनमा अवरोध गरेर कसैको मृत्यु भएमा ज्यान मारे सरह सजाय हुने ब्यवस्था गरिएको छ । रेल्वे सेवा मात्रै अवरुद्ध गर्नेलाई समेत १० बर्षसम्म कैद र २ लाख रुपैंयासम्म जरिवाना तोकिएको छ ।
त्यस्तै आजको बुलेटिनमा हामीले नायिका परमिता आरएल राणाले माफी मागेको प्रसंग पनि प्रस्तुत गरेका छौं । गत मङ्सिर २८ गते बिहान बूढानीलकण्ठ बसपार्क नजिकै बा १४ च ६१२३ नम्बरको सुजुकी कारले ठक्कर दिँदा गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया पैदलयात्रु लीला देवकोटाको मृत्यु भएको थियो । उक्त कारमा नायिका राणा पनि सवार थिइन् । त्यस्तै अन्तर्राष्ट्रिय समाचार अन्तर्गत इरान-अमेरिकाबीच सिर्जित तनावको विषय समेटेका छौं ।
त्यस्तै गरी पटक पटक नेपाली संचारमाध्यम र संचारकर्मीप्रति असन्तुष्टि पोख्दै आएका संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आज पनि आक्रोश व्यक्त गरेका छन् ।
प्रस्तुत छ, आजको दिनभरको खबर समेटिएको केन्द्रबिन्दु टप ५ बुलेटिन सामाग्री ।































प्रतिक्रिया