काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बाट छुट्टिएर नयाँ संघ स्थापना गरेका सरोज कुमार बस्नेतसहित ४० जनाको समूह इक्यानको पुरानै टिममा फर्किएको छ ।
गत निर्वाचनमा अधिकांश शैक्षिक परामर्श व्यवसायीहरु इक्यानबाट बाहिरिएका थिए । उनीहरुले नयाँ संघ स्थापना गरेका थिए । त्यतिबेला अध्यक्ष पदमा विष्णुहरि पाण्डेसँग पराजित भएसँगै कांग्रेस निकटका व्यवसायीहरु बाहिरिएका थिए ।
बस्नेतसँगै सबै इक्यानका सदस्यहरुलाई अध्यक्ष पाण्डेको कार्यसमितिले इक्यानको कार्यालयमा स्वागत गरेका हुन् ।
बस्नेतलाई इक्यानको सल्लाहकारको जिम्मेवारी दिइएको छ । कार्यक्रममा बोल्दै महासचिव शेषराज भट्टराईले उहाँहरु केही समय भ्याकेसनमा जानु भएको थियो, फेरि फर्किएर घर आउनु भयो भन्दै स्वागत गरेका थिए । सरोज बस्नेतले हिजोका दिनमा जे जस्तो गल्ती भए पनि अब आगामी दिनमा मिलेर अगाडि बढ्नुपर्ने बताए ।































प्रतिक्रिया