काठमाडौं ।
‘मेरो विचार सर्वोपरी हो, सबैले मान्नुपर्छ, नभए गोला बारुद वर्षाउँछु । मानवीय मूल्य मान्यताप्रति संवेदनशील नहुने शक्ति राष्ट्रका कारण आज विश्वमा अशान्ति छाएको छ’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने ।
सम्बन्धित मुलुकका जनताको लोकतान्त्रिक प्रणालीलाई शक्ति सम्पन्न भनिएका देशले स्वीकार्न नसक्दा विभिन्न राष्ट्रमाथि भइरहेको आक्रमणको नेपालले निन्दा उल्लेख गर्दै उनले बौद्ध साहित्यमा समाविष्ट पञ्चशीलको जगमा देशको कूटनीति सञ्चालन भइरहेको बताए ।
लेखक डा नारायणप्रसाद अधिकारीको २४ औँ कृति ‘गौतम बुद्ध र उनको धम्मपद’ को विमोचन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले असंलग्न परराष्ट्र नीति बुद्धकोमध्यम मार्गमा आधारित भएको उल्लेख गरे। उनले भने “छिमेकीमुलुकको भौगोलिक अखण्डताको सम्मान, एकापसमा सहअस्तित्व, अहस्तक्षेप, शान्ति लगायत विषयका आधारमा नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विकास भइरहेको छ । बौद्ध शिक्षालाई ती शक्ति राष्ट्रकाबीचमा पु¥याउन सकेमा शान्ति कायम हुन्छ ।”
आगामी वर्ष सन् २०२१ मा नेपालमा ‘वैशाख डे’ मनाउनका लागि संयुक्त राष्ट्र सङ्घलाई आग्रह गरिने बताउँदै उनले भने, “समाजलाई कसरी असल बनाउने भन्नेबारे बौद्ध दर्शनमा शील, आचरण, नैतिक शिक्षा छन् । अहिले विभिन्न बाहनामा केही समूहले नेपालीलाई प्रलोभनमा पारेर धर्मपरिवर्तन गर्न थालेका छन्, सन् २०१० देखि सन् २०११ सम्म आउँदा एक प्रतिशतले बौद्ध धर्मावलम्बीको सङ्ख्या घटेको छ, यो चिन्ताको विषय हो ।” विविधताले भरिएको हाम्रो समाजमा यस साहित्यको सान्दर्भिकता रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले बौद्ध शिक्षाका गहन विषयवस्तुलाई सरलरूपमा बुझ्न कृति महत्वपवूर्ण हुने विश्वास व्यक्त गरे ।
लेखक अधिकारीले विद्यावारीधिमा प्रस्तुत गरेको सोधपत्रललाई यो कृतिकारूपमा प्रकाशन गरी मंगलबार सार्वजनिक गरिएको हो । बौद्ध साहित्यमा अनुयायीलाई धार्मिक शिक्षा दिनका लागि सङ्ग्रह गरिएका विषयवस्तु छन् । यसलाई पाली भाषामा अभिधम्म पिटक भनिन्छ । दार्शनिक मतलाई सुत्र पिटकमा र भिक्षुका आचारसंहितालाई विनय पिटकमा समावेश गरिएका छन् ।
सुत्र पिटक अन्तर्गत खुद्दकनिकायमा १५ वटा स–साना ग्रन्थमध्ये ‘धम्मपद’ महत्वपूर्ण मानिएको छ । सोही ग्रन्थलाई नेपाली भाषामा सरल अनुवाद गरिएका यसकृतिमा राजकुमार सिद्धार्थदेखि गौतमबुद्धसम्म, धम्मपदका स्रोत र सञ्चालन लगायत २९ अध्याय छन् । तत्व, रुप वा चित्तका विषयवस्तुलाई सरल तरिकाले बुझाउन खोजिएको छ । रासस





























प्रतिक्रिया