सेवाग्राहीसँग ५० हजार घुस लिएको अभियोगमा प्रहरीविरुद्ध मुद्दा

सेवाग्राहीसँग ५० हजार घुस लिएको अभियोगमा प्रहरीविरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

सर्लाही ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी सर्लाही त्रिभुवन नगरमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र घुमुवाका रुपमा काम गर्ने प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भारतीय सीमा नाकाबाट सामान भित्र्याउन सहज गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी शिक्षक पदमा जागिर खाएको अभियोगमा प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली सिन्धुलीमा कार्यरत प्राथमिक शिक्षक ज्ञानु रायमाझीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रासस

Logo