१२ घण्टाभित्र जिल्ला छोड्न एसपी मल्ललाई निर्देशन

१२ घण्टाभित्र जिल्ला छोड्न एसपी मल्ललाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

प्रहरी प्रधान कार्यालयले १३ दिन अघि एसपी दानबहादुर मल्ललाई सरुवाको चिठि दिएपनि उनले अहिलेसम्म जिल्ला छोडेका छैनन् ।

सरुवा भएर पनि चितवनमै बसेका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न प्रदेश नम्बर ३ प्रहरी कार्यालयले निर्देशन दिएको छ । मल्लले जिल्ला नछोडेपछि प्रदेश कार्यालयले अल्टिमेटमसहित पत्राचार गरेको हो ।

‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले त्यहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन’ निर्देशन गरिएको पत्रमा उल्लेख छ । गत पुस ४ गते एसपी मल्लसहित २४ एसपीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको थियो ।

Logo