काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचार मध्ये आज सातौं अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस । देशविदेशमा रहेका नेपालीहरुले टोपी दिवस मनाएका छन् । आज बिहानै जागरुक युवा अभियान नेपालको आयोजनामा माइतीघरमा प्रभातफेरी गरेर टोपी दिवस मनाइएको छ ।
सन् २०१८ मा संसारभर २५ लाख नवजात शिशुहरुको जन्मेको पहिलो महिनामै मृत्यु भएको छ । युनिसेफले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सोही बर्ष करिब ८ लाख शिशुहरु जन्मेकै दिन मृत्यु वरण गरे ।
नेपाली खेलकुदको क्षेत्रमा २०१९ मा चार विश्व रेकर्ड बनेका छन् भने केही खेलमा नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज करिब साढे २ घण्टा जती बालबालिकासँग भलाकुसारी गरे । नेपालले सीमा विवाद समाधानको लागि औपचारिक रुपमा पहल गरेको एक महिनापछि भारतले गत साता पत्रको जवाफ पठायो । तर पछिल्लो समय नापी विभागको टोलीलाई नापनक्सा गर्नबाट भारतले रोकेको छ ।
विस्तृत समाचार हेरौं यो भिडियोमा :





























प्रतिक्रिया