काठमाडौं । कोटेश्वरमा आइतबार बिहानै पेस्तोल देखाएर लुकपाटको प्रयास भएको छ । कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजिएको हो । तर ती युवकले मावाइल नदिएपछि समूहमा रहेका एक जनाले पेस्तोल निकालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए ।
उनले प्रतिवाद गरेपछि हातबाट पेस्तोल खसेपछि उनीहरू भागेका थिए । घटनामा संकलग्न भएको आशंकामा केही युवकलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धनकाे क्रममा रहेकाे हुँदा प्रहरीले अभियुक्तकाे नाम सार्वजनिक गरेन ।





























प्रतिक्रिया