नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको छ।
नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरेकी हुन् । भ्रमण वर्ष २०२० शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले नेपाल सास्कृतिक र प्राकृतिक विविधता भएको देश भएकाले भ्रमण वर्षको लक्ष्य हासिल हुने बताइन् ।
कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै महानायक राजेश हमालले विदेशी पर्यटकलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए । त्यस्तै संस्कृत पर्यटन तथा नागरिक उडडयनमन्त्री याेगेश भट्टराईले पर्यटन वर्ष सुखी नेपालकाे अभियान भएको बताए । मन्त्री भट्टराईले नेपाल भ्रमण गरेर अद्भूत अनुभूति लिएर जान पर्यटकलाई अनुराेध पनि गरे । पृथ्वीमा भएका सबै चीज नेपालमा उपलब्ध भएको बताउदै मन्त्री भट्टराईले नेपालीकाे अतिथि सत्कार विश्वकै उत्कृष्ट रहेको बताए । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चांडै संचालनमा आउने बताउंदै मन्त्री भट्टराईले नेपालले अब पर्यटन क्षेत्रमा नयाँ नयाँ मानक बनाउँदै जाने बताए ।
उद्घाटन कार्यक्रममा पाँच देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी छन्। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारको सांगीतिक प्रस्तुति दिएका छन् ।
भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।





























प्रतिक्रिया