टुँडिखेल जोगाउन भन्दै शुरु भएको ‘अकुपाई टुडिखेल’ अभियानमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । आठौं हप्ताको अभियान अन्तर्गत आज अभियन्ताहरुले खुल्लामञ्चमा रहेको मञ्चमा रंग लगाउने कार्यक्रम थियो ।
रंग लगाउन पुगेका उनीहरुलाई प्रहरीले रोक लगाएपछि अहिले विरोध प्रदर्शन भैरहेको छ । उनीहरुले सार्वजनिकस्थलमा सकारात्मक कार्यक्रम गर्न खोज्दा पनि प्रहरीले अवरोध गरेको भन्दै विरोध जनाएका हुन् । प्रहरीले भने महानगरको अनुमतिविना कार्यक्रम गर्न नपाउने बताएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले ‘अकुपाई टुडिखेल’ अभियानलाई ‘राजनैतिक स्टन्ट’ भन्दै टिप्पणी गरेका थिए ।
यो अभियान गत कात्तिक २३ गतेदेखि शुरु भएको हो ।





























प्रतिक्रिया