‘बार्बी डल’ बन्ने चाहनामा १७ एसिड सुई

‘बार्बी डल’ बन्ने चाहनामा १७ एसिड सुई

केन्द्रबिन्दु
0
Shares

बुल्गेरिया । हरेक मानिसका रुचि, रहर, इच्छा र चाहना फरक हुन्छन्, विशिष्ट हुन्छन् । कोही विभिन्न खालका पहिरन लगाउन मन पराउँछन् त कोही सुन्दर, आकर्षक एवं अरूभन्दा फरक देखिन चाहन्छन् । अरूभन्दा फरक देखिने धुनमा कतिपय मानिसहरू मजाकका पात्रसमेत बन्न पुगेका छन् । अहिले यस्तै भएको छ एक युवतीलाई ।

बुल्गेरियाकी २२ वर्षीय एड्रिया इवानोवा नामकी एक युवतीलाई बार्बी डल बन्ने भूत सवार भएको छ । यो चाहना पूरा गर्न उनले आफ्नो ओठमा १७ वटा एसिड सुई लगासकेकी छिन् । एड्रिया आफू संसारकै ठूलो ओठ भएकी महिलाको दर्जामा आफ्नो नाम रेकर्ड गर्न चाहन्छिन् । उनी यसका लागि जे पनि गर्न तयार छिन् ।

सोफिया यूनिभर्सिटीमा अध्ययनरत एड्रियाले अघिल्लो सालबाटै आफ्नो ट्रान्सफरमेसन सुरु गरेकी थिइन् । धेरैले उनको यो परिवर्तित रूपभन्दा पहिलेकै प्राकृतिक रूप राम्रो भएको बताएका छन् । तर, अरू मानिसका यस्ता कुराले आफूलाई कुनै फरक नपर्ने पनि पनि बताएकी छिन् । उनी आफ्नो चाहनालाई उच्च प्राथमिकतामा राख्छिन् । एड्रियालाई इन्स्टाग्राममा १५ हजार बढीले फलो गरेका छन् । उनी इन्स्टाग्राममा आफ्ना सेल्फीहरू नियमित सार्वजनिक गर्छिन् । एजेन्सी

Skip This
Skip This
Logo