जावलाखेलको पहिलो जित

जावलाखेलको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रभू जावलाखेल युथ क्लबले पहिलो जित हासिल गरेको छ।

जावलाखेल युथ क्लबले सरस्वती युथ क्लबमाथि १-० को जित निकाल्यो। जावलाखेललाई जित दिलाउन अफ्रिकी खेलाडी ड्याडी जुनियर वाम्बा गोल गरे ।

खेलको म्यान अफ दि म्याच जावलाखेल युथ क्लबका सुरजज्यु ठकुरी भए। उनले केल्मीद्धारा प्रायोजित १० हजार रुपैयाँबराबरको गिफ्टह्याम्पर पाए।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा टोलीले गोलका थप केही अवसर सिर्जना गरे पनि गोल भने हुन सकेनन्। जारी लिगमा दुवै टोलीको यो दोस्रो खेल हो। दुवै टोलीले पहिलो खेलमा जित हासिल गर्न सकेका थिएनन्।

पहिलो खेलमा सरस्वती एनआरटीसँग ४-० को नतिजामा पराजित भएको थियो भने जावलाखेलले सहरी प्रतिद्वन्द्वी रुस्लान थ्री स्टार क्लबविरुद्धको ललितपुर डर्बीमा गोलरहित बराबरी नतिजा निकालेको थियो।

 

 

Logo