सेवाग्राहीसँग २ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

सेवाग्राहीसँग २ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

केन्द्रबिन्दु
0
Shares

नवलपरासी ।

नवलपरासीको रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल दिस्वा मगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिस गरिदिने बहानामा सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई पनि नियन्त्रणमा लिएको छ ।

टोलीले वडाध्यक्ष मगरलाई रामग्राम नगरपालिका–१८ स्थित होली चाइल्ड स्कूल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी (पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिएको हो ।

Skip This
Skip This
Logo