संविधान संशोधन नभए सरकार छोड्छौं : अशोक राई

संविधान संशोधन नभए सरकार छोड्छौं : अशोक राई

केन्द्रबिन्दु
0
Shares

इलाम ।

समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन गर्न आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै संविधान संशोधन नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । समाजवादी पार्टी इलाम नगर समायोजन घोषणासभालाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले चाँडै सरकार र नेकपासँग अन्तिमपटक वार्ता गर्ने र संविधान संशोधन गर्न तयार नभए तत्काल सरकारबाट फिर्ता हुने बताएका हुन् ।

उनले समुन्नत संघीय समाजवादलाई मार्गदर्शन मानेर पार्टी अघि बढेको बताउँदै पहिचानसहितको संघीयता, सुशासन र सदाचारसहितको शासन व्यवस्था, गरिबी र बेरोजगारी अन्त्य भएको समृद्धि र न्यायपूर्ण समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको बताए । उनले भन्ने, ‘अहिलेको संविधानले सबैलाई समेट्न सकेको छैन त्यसैले संशोधन गरेर सबैलाई स्वीकार्य बनाउन सरकारमा गएका थियौं अब पनि संविधान संशोधन भएन भने सरकारबाट बाहिरिन्छौं ।’

नेपाली समाजमा क्रान्तिको कार्यभार अझै पूरा नभएको भन्दै उनले राजनीतिक क्रान्ति अझै अधुरो रहेको बताए । राईले राजनीतिक क्रान्तिको कार्यभार समाजवादी पार्टीले पूरा गर्ने दाबीसमेत गरे । फरक प्रसंगमा वरिष्ठ नेता राईले नेकपाको अहिलेको शक्ति सधैं कायम नरहने बताए । ‘नेपालमा राणाहरूले पनि सधैं राज गर्छु भन्ने ठानेका थिए, पछि राजाले पनि त्यही सोचेको थियो तर उनीको हालत के भयो सबैलाई थाहा छ,’ उनले भने ।
राजधानीबाट

Skip This
Skip This
Logo