महरा थुनामै रहने उच्च अदालतको फैसला

महरा थुनामै रहने उच्च अदालतको फैसला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बलात्कार अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा नै राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।

महराले गरेको पुनरावेदनको निवेदनमाथि आज न्यायाधीशहरु नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले सुनुवाई गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

बलात्कारको आरोपमा पक्राउ परेका महरालाई यस अघि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणीको प्रयासको अभियोगमा पुर्पक्षका लागि महरा थुनामा रहेका थिए ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले गत १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । महराले गत मंसिर १७ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

 

Logo