काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ । आज ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७४८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८६४ पुगेको छ।
नेपालमा हालसम्म १९ लाख ३७ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार २२५ जनाको परीक्षण गरिएको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ।
काठमाडौं उपत्यकामा आज १६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९७ हजार ३२४, ८ हजार ९०२ र ललितपुरका १५ हजार २९७ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ५२३ जना पुगेको छ ।





























प्रतिक्रिया