कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउने प्रयास जारी

कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउने प्रयास जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद मिलाउने प्रयास जारी रहेको छ। विवादित विषय सहमति नजिक पुगेको भन्दै सोमबार आह्वान गरिएको बैठक स्थगित गरी भोलि बुधबारका लागि पुनः केन्द्रीय समिति बैठक आह्वान गरिएको छ।

महाधिवेशनको कार्यतालिकासहित बैठकमा एजेन्डा प्रस्तुत गर्न सभापति देउवा पक्षका नेताहरू सहमत भए पनि नेविसंघ, तरुण दल र विभागमा भागवण्डाको कुरा मिलेको छैन।

केन्द्रीय बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेन्डा नबनाई संख्या थप गरी विभाग बनाउने एजेन्डा ल्याएपछि आन्तरिक विवाद चुलिएको थियो। सभापति शेरबहादुर देउवा पक्ष विभाग गठन गर्ने र नेविसंघ, तरुण दल लगायत भ्रातृ संस्थाको निर्माणपछि मात्र महाधिवेशनको कार्यतालिका ल्याउने पक्षमा छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष भने बैठकमा प्रमुख एजेन्डा महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने बताउँदै आएका छन्। यही विवादका कारण पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ। विवाद सुल्झाउन देउवा पक्षबाट विमलेन्द्र निधि र पौडेल पक्षबाट प्रकाशमान सिंहको संयोजकत्वमा वार्ता टोलीसमेत गठन गरिएको छ।

सहमति गरी बैठक बस्न सोमबार दिनभरि पनि टोली वार्तामा व्यस्त रहेको थियो । विवादित विषयमा सहमति नजिक पुगेकाले बैठक बुधबार दिउँसो बस्ने गरी सोमबारको बैठक सूचनाका आधारमा स्थगित भएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिनुभयो। विवाद मिलाउन नेता प्रकाशमान सिंह निवास चाक्सिबारीमा देउवा र पौडेल पक्षका नेताबीच छलफल भएको थियो। हिजो साँझ अबेरसम्म पनि नेताहरू छलफलमै व्यस्त थिए।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo