काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारहरु मध्ये नेपालले दुई दिनमा दुई कलाकार गुमाएको खबरले प्राथमिकता पाएको छ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधन भएको हो । दुबै जनाको आज दाह संस्कार गरिएको छ ।
त्यस्तै केन्द्रविन्दुले सकारात्मक र नकारात्मक कदमहरुलाई सार्वजनिक गर्दै आएका छौं । आज पनि एक जना वडाध्यक्षले चालेको सकारात्मक कदमको समाचार लिएर आएका छौं भने सरकार गठन भएको २ वर्ष पुग्न लाग्दा समेत अझै पनि ४ वटा प्रदेशले नाम र राजधानी तोक्न नसकेको समाचारले पनि स्थान पाएको छ । पछिल्लो पटक झण्डै डेढ वर्ष लगाएर प्रदेश ५ को संसदीय समितिले प्रदेशको नाम र राजधानी सिफारिस गरेको छ । यसको ढिलासुस्तीका कारणहरू जान्नको लागि पुरै भिडियो हेर्नुहोला ।
यता श्रमिकको सुरक्षाका लागि भन्दै सरकारले ल्याएको सामाजिक सुरक्षाकोष माथि विभिन्न निकायले प्रश्न उठाएका छन् । तर सरकारले भने कोषमा आवद्ध नभएका कुनैपनि संस्थाको वार्षिक नविकारण नै नहुने कानूनी व्यवस्था गर्ने तयारी गरिरहेको छ । साथै नेपालमा पहिलो पटक कुखुरा व्यवसायीहरुले उत्पादन रोकेका छन् । उत्पादन रोक्न चल्ला र अण्डा नष्ट गरेपछि बजारमा मासु र अण्डाको मूल्य बढ्ने देखिएको छ । विस्तृत समाचार हेरौं यो भिडियोमा :































प्रतिक्रिया