सरकारी नियम उल्लङ्घन गर्ने टेम्पो रोक्न परिपत्र

सरकारी नियम उल्लङ्घन गर्ने टेम्पो रोक्न परिपत्र

केन्द्रबिन्दु
0
Shares

दोलखा ।

नेपाल सरकारको नियमलाई उल्लङ्घन गर्दै भीमेश्वर नगरपालिका क्षेत्रमा टेम्पो सञ्चालन भएको छ । सरकारको ऐन नियमलाई उल्लङ्घन गर्ने अधिकार कसैलाई नभएको भन्दै तत्काल टेम्पो सञ्चालन रोक्न आग्रह गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग पत्र सङ्ख्या ०७४/०७५ को चलानी नं ११९९ को पत्र अनुसार दुर्घटना बढ्ने सम्भावना हुँदा ई–रिक्सा, टेम्पो, ट्राइसाइकल उच्च पहाडी तथा हिमाली भू–बनोट भएका क्षेत्रमा सञ्चालनमा रोक लगाउन निर्देशन भएको भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी बताउनुहुन्छ ।

विभागले पेट्रोलबाट चल्ने टेम्पो काठमाडौँ उपत्यका, पोखरा उपत्यका र उच्च पहाडी तथा हिमाली भू–बनोट भएका क्षेत्रबाहेक अरु क्षेत्रमा मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ । “आफूखुशी राज्यको नीति उल्लङ्घन गर्दै नागरिकको सुरक्षालाई ध्यान नदिइ टेम्पो चलाएको छ सरकारको ऐननियमको उपहास गर्न कसैलाई कानूनले छुट दिइँदैन,” नागरिक अगुवा सरोज उप्रेती भन्नुहुन्छ ।

क्षणिक सुविधा उपयोग गरे पनि कुनै दुर्घटना भयो भने यात्रुको बीमा, तेस्रो पक्ष बीमा, टेम्पो ड्राइभरको बीमा नगरी कसरी सञ्चालन गर्ने ? कति भाडा लिने ? कहाँकहाँ चलाउने ? त्यो पनि छैन उप्रेतीले भन्नुभयो, “यातायात व्यवस्था विभागले पेट्रोलबाट चल्ने टेम्पो उच्च पहाडी तथा हिमाली भू–बनोट भएका क्षेत्रमा सञ्चालनमा रोक लगाएको छ । तीनपाङ्ग्रे सवारीका साधन बढी दुर्घटनामा पर्ने हुँदा उच्च पहाडी तथा हिमाली भू–बनोट भएका क्षेत्रमा सञ्चालनमा रोक लगाउन सरकारले ल्याएको नीति कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय दोलखा तयार रहेको छ,” सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलले भन्नुभयो ।

Logo