काठमाडौं ।   सांसदहरूलेबाट ल्याइएका औषधी तथा खोपहरू डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा पूर्व स्वास्थ्य मन्त्री मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताएका छन्। "/>

चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधीहरू ‘डब्लुएचओ अनसर्टिफाइड’

चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधीहरू ‘डब्लुएचओ अनसर्टिफाइड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  सांसदहरूलेबाट ल्याइएका औषधी तथा खोपहरू डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा पूर्व स्वास्थ्य मन्त्री मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताएका छन्। त्यस्तै उनले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरू पुर्याउँदा त्यसको टेम्प्रेचर कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम गर्ने र रोगहरूको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताए ।

समितिका सभापति जयपुरी घर्तीले खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवस्यक रहेको बताए। उनले महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पुरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताए ।

छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परिक्षणका लागि नभएको बताएका छन् । उनीहरुले अन्य मूलुकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको बताएका हुन् ।

Skip This
Skip This
Logo