काठमाडौं ।
आज आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाईंदैछ । हरेक अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ लाई नेपाली टोपी दिवसका रुपमा मनाउने गरिएको छ ।
आज देश तथा विदेशमा रहेका नेपालीहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाउँदैछन् । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा यस दिवस राखिएको हो ।
यस वर्ष नेपाली टोपी दिवसको सामाजिक संजालमै टोपी लगाएर फोटो पोस्ट गरेर भव्यरुपमा मनाउन आयोजक जागरुक युवा अभियान नेपालले सबैमा अनुरोध गरेको छ । यस वर्ष कोरोना महामारीका कारण विगत जसरी औपचारिक कार्यक्रम नहुने भएको छ।
अभियानले विगत ८ बर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको छ । तर यस वर्ष सामाजिक सञ्जालबाटै जे सकिन्छ त्यहि गर्न आयोजक सबैमा अपील गरेको हो ।
विगत वर्षहरुमा टोपी दिवसको अवसरमा यस संस्थाले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गर्दै आएको थियो । यसपटक भने विश्व महामारीका रुपमा फैलिएको कोरोना प्रभावको असर नेपाली टोपी दिवसको कार्यक्रममा पनि परेको छ ।
हरेकवर्ष नयाँ नयाँ कार्यक्रम गर्ने गरिए पनि यसवर्ष भने भिडभाड गरि कार्यक्रम नगरिने संस्थाले जनाएको हो ।संस्कृतविद्का अनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक उपहार स्वरुप टोपी बनाएर दिएको बताइन्छ ।
नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने टोपी लगाउने गर्छन् । यी सबै नेपाली पहिचान झल्कने पहिरनको सम्मान गरौं र संरक्षण गरौं भन्ने उद्देश्यले नेपाली टोपी दिवसको शुरुवात भएको हो ।
०६८ सालमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पहिरन हटाउने निर्णय गरेको थियो । जस अनुसार परम्परागत रुपमा कायम रहेका नेपाली राष्ट्रिय पोशाकहरु, दौरा सुरुवाल, गुन्यु चोली, ढाकाटोपी हाम्रो संविधानबाट हटाइएको छ । यसलाई यथावत कायम राखियोस भनेर सरकारलाई दबाब दिने उद्देश्यले नेपाली टोपी पिवस मनाउन थालिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया