सागमा खस्किएको पदकदेखि नेपालमा विदेशी ठगको एजेन्टहरू सम्म (भिडियोसहित)

सागमा खस्किएको पदकदेखि नेपालमा विदेशी ठगको एजेन्टहरू सम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २५ ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये  प्रदेश नम्बर ३ सरकारले अझै पनि राजधानी तोक्न सकेको छैन । जिल्लाका सांसदहरूले आ-आफ्नो जिल्लामा राजधानी तोक्नुपर्नै बताइरहँदा भक्तपुर केन्द्रित राजनीति गरिरहेको नेमकिपाले भने उपत्यकाबाहिर राजधानी तोक्नुपर्ने बताउँदै आएको समाचार आजको समाचारमा प्रमुखताका साथ अटाएको छ ।

त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद साग भव्यताका साथ सम्पन्न भएको छ । नेपाल ५१ वटा स्वर्ण जितेपनि ८ औं सागमा जितेको स्वर्णका आधारमा यो ४ प्रतिशत कम हो । कसरी कम भयाे त ? यो जान्न पनि आजको केन्द्रबिन्दु समाचार हेर्नै पर्ने हुन्छ ।

सामाजिक संजालको दुरुपयोग गरेर ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।उनीहरू विदेशी ठगकाे एजेन्ट भएकाे प्रहरीकाे भनाइ छ । यता भारतको तल्लो सदनले शरणार्थीलाई नागरिकता दिन सकिने प्रावधानसहितको विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै आसाम क्षेत्रमा नेपालीहरु त्रासमा रहेका छन् ।

विस्तृत समाचार हेरौं यो भिडियोमा :

Logo