काठमाडौं, २०७६ मंसिर २१ ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारहरु मध्ये छ १३ औं साग खेलकुदमा नेपालले बनाएको कीर्तिमानको । सागमा सनसनी मच्चाउँदै आजसम्म नेपालकाे पोल्टामा ४३ स्वर्ण आइसकेकाे छ भने जित्ने क्रम जारी छ । यो समाचार आजको समाचारमा प्रमुखताका साथ अटाएको छ ।
त्यस्तै १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न चिकित्शककाे सल्लाह आइरहेकाे बेला प्रधानमन्त्रीलाई कालिकोट जिल्ला कारागारमा रहेका एकजना कैदीवन्दीले प्रधानमन्त्रीलाई आफ्नो दुवै मिर्गौला दिने भन्दै पत्र लेखेका छन् ।
निर्माणाधिन निजगढ अन्तराष्टिय विमानस्थलको काम रोक्न सर्वाेच्च अदालतले दिएको आदेशप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । किन असन्तुष्ट छन् त मन्त्री ? यो जान्न पनि आजको केन्द्रबिन्दु समाचार हेर्नै पर्ने हुन्छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउदै देशव्यापी अभियान सञ्चालन गर्ने विषय पनि हाम्रो समाचार भित्र परेका छन् ।
थप समाचार हेरौं यो भिडियोमा :































प्रतिक्रिया