पन्ध्रौंँ योजनामा समृद्धिका चार र सुखका ६ सूचक

पन्ध्रौंँ योजनामा समृद्धिका चार र सुखका ६ सूचक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले चालु पन्ध्रौंँ योजनामा नागरिकलाई सुखी र समृद्ध बनाउने लक्ष्य कार्यान्वयन गराउन आयोग तत्पर रहेको बताउनु भएको छ । नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानून सङ्कायले विहिबार आयोजना गरेको ‘समृद्ध नेपाल निर्माण गरी गुणस्तरीय जीवनयापन गर्नका लागि आवश्यक आर्थिक रुपान्तरण’ विषयको कार्यक्रममा उपाध्यक्ष कँडेलले दिगो विकासका १७ लक्ष्यमध्ये १० लक्ष्यमा समृद्धिका चार र सुखका छ सूचक, मापदण्ड र दृष्टिकोण समावेश भएको बताउनुभयो ।

सो अवसरमा आयोगका पूर्वसदस्य पुष्कर बज्राचार्यले समृद्धिका लागि सुशासन, विधिको शासन, नागरिक हक, सामाजिक न्याय, वातावरणीय सन्तुलन लगायत बहुआयामिक पक्षलाई समेट्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले नीतिनिर्माण तहका र अन्तर्राष्ट्रिय दातृ निकाय, विकास साझेदार, निजी क्षेत्र, बौद्धिक वर्ग सबैलाई समृद्ध नेपाल निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।

विश्वविद्यालय व्यवस्थापन तथा कानून सङ्कायका डिन शिलु मानन्धरले यस्ता छलफलले देशको नीति तथा योजना निमार्णमा ठुलो सहयोग पुग्ने भएकाले आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । नेपालका लागि एशियाली विकास बैंकका पूर्व आवासीय प्रतिनिधि सुल्तान हफिस रहमानले बङ्गलादेश कसरी दक्षिण एशियामा सम्पन्न राष्ट्र बन्ने लक्ष्यमा अघि बढिरहेको छ भन्ने विषयमा जानकारी दिनुभयो ।

Skip This
Skip This
Logo