पर्यटन वर्ष सफल बनाउन राजदूतहरूसँग छलफल

पर्यटन वर्ष सफल बनाउन राजदूतहरूसँग छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कूटनीतिक नियोगहरुसँग छलफल गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै देशका राजदूतहरूलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका हुन् । उनले आफ्नो मुलुकका नागरिकहरूलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन समेत आग्रह गरे ।

त्यस्तै पर्यटकहरुको सुरक्षा र गुणस्तरिय सेवाका लागि सरकार आफैले व्यवस्था गर्ने बताउँदै ढुक्क भएर नेपाल भ्रमण गर्न सकिने वातावरण बनेको जानकारी समेत दिएका छन् । सरकारले आगामी जनवरी १ मा राजधानी सहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको छ । त्यस्तै जनवरी ७ मा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा पनि पर्यटन वर्षको उद्घाटन गरिने कार्यक्रम रहेको जानकारी समेत मन्त्री भट्टराईले दिए ।

Logo