महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षिय मेलामा आज बिहानैदेखि राँगाको बलि दिने कार्य शुरु भएको छ।
बिहानैदेखि राँगा बलि दिनुभन्दा पहिला गए राती १२ बजेदेखि गढीमाईका पुजारीहरूले तान्त्रिक विधि अनुसार आज बिहान ७ बजेसम्म पूजा गरेर पञ्चबलि दिएका छन्।
पञ्चवलिको रूपमा मुसा, बोका, पाठी (बाख्रा), परेवा, हाँसको अण्डा गरी पाँच जीवलाई बलि दिएपछि राँगाहरूको बलि दिने कार्य शुरु भएको हो ।
गढीमाईसँग मागेको भाकल पूरा भएपछि नेपालका विभिन्न स्थान र भारत बिहार, उत्तर प्रदेश र बंगालका विभिन्न जिल्लाहरूबाट श्रद्धालुहरूले गढीमाईलाई बलि दिन राँगाहरू लिएर आएका थिए।































प्रतिक्रिया