मृतकको संख्या १४ पुग्यो

मृतकको संख्या १४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

बागलुङ

बागलुङमा आज भएको जीप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । जिल्लाको बडीगाड गाउँपालिका ७ भीमगिठेमा भएको जीप दुर्घटनामा १४ जनाको मृत्यु भएको हो ।

जीप सडकबाट खोलामा खस्दा ९ जना महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । कूल पूजाको लागि रिजर्भ गरिएको जीप दुर्घटनामा परेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

ग १ ख ४२१९ नम्बरको जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङतर्फ जाँदै गर्दा खोलामा खसेको हो । जीपमा १८ जना सवार थिए । ३ जना घाइते र एक जना बेपत्ता भएका छन् । थप विवरण आउन बाँकी छ ।

Logo