साइबर अपराध अहिलेको प्रमुख चुनौती : प्रहरी महानिरीक्षक

साइबर अपराध अहिलेको प्रमुख चुनौती : प्रहरी महानिरीक्षक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताउनु भएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उहाँले प्रविधिको दुरुपयोग रोक्नतर्फ प्रहरीले आवश्यक कदम चालेको जानकारी गराउनुभयो ।

“सीमावर्ती अपराध, लागुऔषध, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग जस्ता गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय छ, प्रविधिजन्य अपराध अनुसन्धानमा प्रहरी सक्षम बन्दै पनि गएको छ”, खनालले भन्नुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीसँग आइतबार काठमाडौँमा भएको अन्तर्क्रियामा उहाँले राज्यको अग्रपङ्क्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।

अपराध नियन्त्रणका लागि समुदायको सहयोग र सहकार्यको महत्व रहने उल्लेख गर्दै खनालले सीमित साधन स्रोत तथा जनशक्तिका बीच प्रहरीले काम गरिरहेको बताउनुभयो ।

Skip This
Skip This
Logo