साग गेम हेर्न जानेलाई सरर नेपालमा सित्तैमा यात्रा

साग गेम हेर्न जानेलाई सरर नेपालमा सित्तैमा यात्रा

केन्द्रबिन्दु
0
Shares

साग गेमलाई लक्षित गरी ‘सरर नेपाल’ले दसरथ रंगशालामा जाने र फर्कने यात्रुहरूलाई आफूले यात्रा गर्दा खर्च गरिएको बराबरको रकम क्यास ब्याक दिने अफर सर्वजनिक गरेको छ।

यो अफर आज उद्घाटनका दिनका लागि  मात्र लागू हुने कम्पनीले जनाएको छ। यो योजनाअन्तर्गत यात्रुले सररको सर्भिस भएको जुनसुकै स्थानबाट रंगशाला जान र आउन सक्नेछन् ।

सरर नेपाल एक राइड सेयरिङ एप हो, जसको मदतले आफू भएकै स्थानमा बाइक, ट्याक्सी बोलाउन सकिन्छ । सररको सर्भिस एरिया निकै ठुलो र काठमाडौं उपत्यका भन्दा बाहिर पनि रहेको कम्पनीले जनाएको छ ।

सरर नेपालसँग गर्ने हरेक यात्राबाट एक रुपैयाँ सामाजिक कार्यका लागि लगाइने कम्पनीले जनाएको छ।

सरर नेपाल एप गुगल प्ले स्टोर र एप स्टोर दुवैमा उपलब्ध छ।

Skip This
Skip This
Logo