कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएका छन् । कास्कीका ३ स्थान अर्मला, बागमारा र नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयको मतदान केन्द्रनजिक बम विस्फोट भएका हुन् ।
केन्द्रनजिकै बम विष्फोट भएपछि करिब २० मिनेट मतदान स्थगित गरिएको थियो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयले बताएका छन् ।
मानिस नभएको स्थानमा बम खसेकाले कुनै अप्रिय घटना भने भएन ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार अहिले अवस्था सामान्य छ र मतदान सुचारु सञ्चालन भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने कुरा अहिलेसम्म नखुलेको जनाएको छ ।
बम बिष्फोट गराउने व्यक्ति तथा समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया