काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७०० रुपैयाँ निर्धारण गरेको छ ।
नेपाली बजारमा बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० र छापावाला सुन प्रतितोला रु ७० हजार ९०० मा खरिदबिक्री भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । रासस





























प्रतिक्रिया