नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को सङ्गमस्थल टुँडी मैदानमा ताल एवं पार्क निर्माण थालिएको छ । "/>
  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

टुँडीमा ताल निर्माण शुरु

टुँडीमा ताल निर्माण शुरु

केन्द्रबिन्दु
१२ मंसिर २०७६, बिहीबार
0
Shares

नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को सङ्गमस्थल टुँडी मैदानमा ताल एवं पार्क निर्माण थालिएको छ । हाल टुँडीस्थित पोखरी रहेको स्थानमा एक करोड ७१ लाखको लगानीमा व्यवस्थित ताल र पार्कलगायतका संरचनाको निर्माण थालिएको हो ।
तालसहितको पार्क निर्माणले समग्र यहाँको लागि मात्र नभई मुलुकको लागि पर्यटकीय एवं धार्मिक गन्तव्य बनाउन सकिने अपेक्षा राखिएको अध्यक्ष आशा तामाङले बताए । उनका अनुसार प्रदेश सरकार र स्थानीय सरकारको सयुक्त लगानीमा निर्माण थालिएको पार्कसहितको ताल चरणबद्ध रूपमा निर्माण गरिने भएको छ ।
न्यू मनकामना निर्माण कम्पनीले जिम्मेवारी पाएको पहिलो चरणको संरचना आगामी असारभित्रै पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणमा टुँडीमा रहेको वर्तमान तालको संरक्षण गर्दै आकर्षक ताल बनाइने छ भने बजेटको सुनिश्चितता पश्चात दोस्रो चरणमा म्यागङको पहिचान बोकेको मानिसले तीर हान्न लागेको शालिक बनाइने तामाङले जानकारी दिए ।
अहिले ताल बनाउन लागिएको स्थानमा सयौं वर्ष पुरानो पोखरीसहितको चउर रहेको छ । त्यसमध्ये चार रोपनी क्षेत्रफलमा फैलिएको ताल बनाउन लागिएको हो । राज्य पुनःसंरचनाको क्रममा साविकका पाँच गाविस बसुञ्चेत, बुङताङ, देउराली, किम्ताङ र सामरीलाई समावेश गरेर म्यागङ गाउँपालिकाको नामकरण गरिएको थियो । तामाङ भाषामा ‘म्या’ भनेको तीर र ‘गङ’ भनेको तीर खेल्ने चउर रहेको गाउँपालिकाका उपाध्यक्ष शान्ति गुरुङले बताइन् । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालमा तामाङ समुदायको पुर्खाले तीर हान्ने प्रतिस्पर्धा गर्ने र उक्त प्रतियोगितमा पश्चिम बागमतीमा पर्ने जिल्लाको सहभागिता रहने गरेको बुढापाका बताउछन् ।
म्यागङ नामकरण गरिएको ऐतिहासिक स्थलको संरक्षण गरेर गाउँपालिकाको गौरवको योजनाको रुपमा आकर्षक पर्यटकीयस्थल बनाउन पहिलो प्राथमिकतामा राखिएको छ । रासस

प्रतिक्रिया

भर्खर

अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि

आज सुन र चाँदीको मुल्य घट्यो

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि जुट्याे १९ अर्ब

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu