काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारहरु मध्ये प्याजको मुल्य अहिले सम्मकै उच्च भएको समाचारले प्रमुखता पाएको छ । आज काठमाडौंमा प्याजको थोक मुल्य नै २ सय रुपैयाँ रहेको र खुद्रा मुल्य २५० भन्दा वढी रहेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइडको अप्रेसन गरिएको समाचारले पनि आज उस्तै चर्चा पाएको छ । उता क्रिकेटर सन्दीप लामिछानेको आँखाको शल्यक्रिया गरिएको समाचार पनि आजको टप ५ समाचारभित्र अटाएको छ ।
यता नवलपरासीको बर्दघाटका रहेको गरिमा बैंकमा बाँदरले चमत्कार मचाएको समाचारले पनि आज चर्चा पाएको छ । यस्तै पोर्चुगलमा रोजगारीका लागि पुगेका नेपालीहरुको बेहाल भएको समाचारले पनि आज प्रमुखता पाएको छ । बाँकी समाचार हेरौं यो भिडियोमा :





























प्रतिक्रिया