“विगतमा गुमेको भूभाग फिर्ता लिने सुनौलो अवसर आयो”- फणिन्द्र नेपाल (भिडियो सहित)

“विगतमा गुमेको भूभाग फिर्ता लिने सुनौलो अवसर आयो”- फणिन्द्र नेपाल (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल भारत सीमा विवादले पछिल्लो समय माहोल तातेको छ। भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएपछि नेपालमा चर्को विरोध भइरहेको छ ।

नेपाल-भारत सिमा विवाद अहिले मात्र होइन विगतदेखि नै थियो  ।  सीमा विवाद अन्त्यका लागि लामो समयदेखि अभियान संचालन गर्दै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले पछिल्लो विवाद नेपालका लागि अवसर भएको टिप्पणी गरेका छन्। उनी भन्छन् ‘योे पटक विगतमा गुमाएका भूभाग फिर्ता लिने सुनौलो अवसर भएकाले सरकार पछि हट्न हुँदैन।’

भारतीय सेनामा कार्यरत नेपाली गोर्खे सेना फिर्ता बोलाएर भारतको हेपाहा प्रवृतीको जवाफ दिनुपर्ने उनको तर्क छ ।  भारतले हस्तक्षेप गर्दै गरेको नेपाली भूभाग नेपाल हुँदै चीन जाने महत्वपूर्ण बाटो पनि हो । भारत नेपालको भूमीलाई प्रयोग गरेर चिनमा अस्थिरता ल्याउने योजनामा रहेको दावी नेपालको छ ।

तर, सरकार भारतले मिचिरहेको जग्गा मुलुकको नक्सामा समावेश गरेर देखाउन समेत आनाकानी गरिरहेको उनको भनाई छ । प्रस्तुत छ, नेपालसँग केन्द्रविन्दु टिभीका लागि जितेन्द्र रसिकले गरेको भिडियो कुराकानी ।

 

Skip This
Skip This
Logo