टिपरले पैदलयात्रीलाई ठक्कर दिएपछि काभ्रेको मण्डनदेउपूरमा सडक अवरुद्ध

टिपरले पैदलयात्रीलाई ठक्कर दिएपछि काभ्रेको मण्डनदेउपूरमा सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

काभ्रेको मण्डनदेउपूर नगरपालिका कुन्तावेसी स्थित नर्सरीमा आज विहान टिपरको ठक्करले पैदल यात्री घाइते भएका छन् ।

बा ४ ख ४९१८ नं. को टिपरको ठक्करबाट घाइते हुनेमा मण्डन देउपुर नगरपालिका ८ जुडिगाउँका रत्न बहादुर राई रहेको कुन्तावेसीबाट स्थानियवासी विमल पौडेलले जानकारी दिए । अहिले हेलम्बु यातायातको कुन्तावेसी सडक खण्डमा सर्वसाधारणले सडकमा मोटरसाइकल तेस्र्याएर विरोध गरिरहेका छन् ।

घाइतेलाई उपचारको लागि धुलिखेल हस्पिटल पठाईएको छ ।टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसक्षेत्रमा प्रत्येक महिनाजसो टिपरले सर्वसाधारणको ज्यान जाने गरेपछि स्थानियवासीहरु त्रासमा रहने गरेका छन् ।
तस्वीरहरु : पुरुषोत्तम श्रेष्ठ

Logo