चन्द समूहका दुई कार्यकर्ता पक्राउ

चन्द समूहका दुई कार्यकर्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

बर्दिया । नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए राति प्रचार सामग्री टाँस्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएकाे छ । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।

विक र चौधरीलाई इलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo