मालपोत कार्यालय काभ्रेका नासु घुस लिँदालिँदै पक्राउ

मालपोत कार्यालय काभ्रेका नासु घुस लिँदालिँदै पक्राउ

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउ २० हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई अख्तियारको एक टोलीले पक्राउ गरेको हो ।

जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उहाँलाई मालपोत कार्यालय परिसरबाट नै अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

बनेपा ९ घर भई विगत ११ वर्षदेखि सोही कार्यलयमा कार्यरत उनले पटक पटक सेवाग्राहीसँग घुस लेनदेन गर्दै आएको अख्तियारले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान हुँदै गरेको बताइएको छ ।

Logo