‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनु होला’- पर्यटनमन्त्री

‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनु होला’- पर्यटनमन्त्री

केन्द्रबिन्दु
0
Shares

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले मातहतका कर्मचारीहरूलाई  प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनु भएको छ  ।

नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बसेको नियमित आन्तरिक बैठकमा मन्त्री भट्टराईले मन्त्रालय मातहतका विभागको कार्य प्रगति विवरणका बारेमा जानकारी लिनु हुँदै लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए कार्यालय प्रमुखहरु परिवर्तन गर्ने समेत बताउनु भयो।

विभागहरुको कामप्रति कडा टिप्पणी गर्नु हुँदै मन्त्री भट्टराईले भन्नु भयो, ‘काम भएन भने परिर्वतन गरिनेछ, परिवर्तन हुनेले मन नदुुखाउनुहोला।’ राजनीतिक नियुक्ती लिएर बिभिन्न पदमा रहेर सन्तोषजनक काम नगरेकालाई तत्काल बाटो खाली गर्न निर्देशन दिनुहुँदै उहाँले  भन्नुभयो, ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला ।’

मन्त्री भट्टराईले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप थप सुबिधा उपलब्ध गराउने पनि जानकारी दिनुभयो । उहाँले  भ्रमण बर्ष सफल बनाउनका लागि मन्त्रालय मातहतका कार्यालयहरुले कार्ययोजना पेश गर्न पनि निर्देशन दिनु भयो।  साथै उहाँले काम नगर्ने र विवादित कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाइने जानकारी दिनुभयो ।

Logo