नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्रिपरिषद हेरफेरबारे छलफल गरिरहेका छन् ।
नयाँ मन्त्रीहरूको नाम टुंगो लागेपछि नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड बालुवाटारबाट सिँधै राष्ट्रपति निवास शितल निवास पुगेका हुन्। राष्ट्रपतिसँग ओली र प्रचण्डले मन्त्रिमण्डल पुनःगठनका विषयमा छलफल गरेका छन्।
यस अघि दुवै अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। आज बस्ने नेकपाको सचिवालय बैठकमा मन्त्रीहरूका बारेमा निर्णय गर्ने जनाएको छ। मन्त्रीहरूलाई आजै शपथ ग्रहण गराउने समेत बुझिएको छ।































प्रतिक्रिया